जुम्ला । पातारासी गाउँपालिका–५ लासीका ९ वर्षीय सुवास बोहोरा हप्ता दिनअघि हराएका थिए । उनी आज चन्दननाथ नगरपालिका–१ राजीकोटस्थित जवा नदीमा मृत फेला परेका छन् ।
हराएका बालक खोजी कार्य गर्दा जवा नदीमा मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । स्कुल झोला र पोशाकसँगै उनी मृत अवस्थामा फेला परेका थिए । उहाँले भन्नुभयो, “उक्त बालकको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १२ मंसिर २०७६, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल एकआपसमा ठोकिँदा २३ वर्षीय युवकको मृत्यु
मकवानपुरमा भिरबाट लडेर एक युवकको मृत्यु
कुटपिटबाट एकजनाको मृत्यु
आफैं चढेको ट्याक्टरले किचेर गोरखाका १८ वर्षीय युवाको मृत्यु
करेन्ट लागेर १ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु