काठमाडौँ । नेकपा अध्यक्ष प्रचण्डले कास्की क्षेत्र नम्बरका काँग्रेस उम्मेदवार खेमराज पौडेललाई देवघाट गएर बस्ने उमेरमा चुनाव उठेको बताएपछि खेमराजले पनि कडा जवाफ फर्काएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत ‘आदारणीय नेकपाका अध्यक्ष प्रचण्डज्यू, देवघाट होइन मंसिर १४ पछि तपाइँको र मेरो भेट संसदमा हुनेछ’ भन्दै जवाफ फर्काएका हुन् । उनले आफू काँग्रेसको सशक्त उम्मेवार भएको भन्दै प्रचण्डको अराजक अभिव्यक्तिको शालिन विरोध गरेका छन् ।
आज पोखरामा आयोजित सभामा प्रचण्डले प्रधानमन्त्रीलाई आराम गर्नु भन्ने पार्टीले देवघाट जानुपर्ने उमेरका व्यक्तिलाई उमेदवार बनाएको टिप्पणी गरेका थिए ।
‘हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाँही विदा लिनुपर्छ भन्नेहरुले ७७ वर्ष व्यक्तिलाई अगाडि सार्ने ?’ उनले प्रश्न गरे, ‘जो देवघाट जानुपर्ने, त्यहाँ गएर ध्यान र ज्ञान सिक्नुपर्ने मान्छेलाई अगाडि सार्ने अनि ६५ वर्षको व्यक्तिलाई रेष्ट गर्ने भन्न मिल्छ त ?
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ मंसिर २०७६, २१ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को सचिवालयमा हेरफेर
माओवादीमा प्रवेश गर्नेको लहर देशव्यापी चलेको छ : प्रचण्ड
माटोको माया नगर्ने प्रवृत्तिले विदेशिने क्रम बढ्यो : प्रचण्ड
वर्षमानलाई लिएर किन तेह्रथुम जाँदैछन प्रचण्ड ?
हतियार उठाउने कुरा गरेका छैनौं, तर भ्रष्टहरुविरुद्ध शान्तिपूर्ण संघर्षमा छौं: प्रचण्ड
गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिऔँ : प्रचण्ड