विप्लव समुहका दुई कार्यकर्ता पक्राउ

रासस

आइतबार, ०८ मंसिर २०७६, १५ : ५८
विप्लव समुहका दुई कार्यकर्ता पक्राउ

बर्दिया । नेत्रविक्रम चन्द नेतृत्वको समूहका दुई कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

सो समूहका बर्दिया जिल्ला कमिटी सदस्य बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका रमेश विक र सञ्जु चौधरीलाई बाँसगढी नगरपालिका–३ भगराचोक र सिजी प्रालिको मूलढोकामा शनिबार राति प्रचार सामग्री टाँस्दै गर्दा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रमुख राजेशनाथ बाँस्तोलाले बताए ।

इलाका प्रहरी कार्यालय मोतीपुरका प्रमुख इन्द्रजित सुनारसहितको प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विक र चौधरीबाट ५० थान पर्चा पम्प्लेट समेत बरामद गरिएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस