काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले यो वा त्यो रुपमा जनतालाई झुक्याइरहेको आरोप लगाउनुभएको छ ।
कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत पोखरा महानगरपालिका–३३ ठूलढुङ्गामा आज आयोजित चुनावी सभामा उहाँले जनतालाई ठूलठूला सपना बाँढेर बनेको सरकार अहिले भने प्रतिबद्धताबाट विमुख बनेको विचार व्यक्त गर्नुभयो ।
उहाँले सरकार जनतालाई जथाभावी कर थोपरेर भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ भन्नुभयो ।
सरकारका अलोकतान्त्रिक गतिविधिका साथै संविधान विरोधी कदमलाई सच्याउनका लागि यस उपनिर्वाचनमा काँग्रेसले जित्नुपर्ने बताउँदै उहाँले काँग्रेसले त्यागी, निष्ठावान नेता खेमराज पौडेललाई उम्मेदवारका रुपमा अघि सारेको बताउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले सरकारको गति र मतिलाई सच्याउँदै सही बाटोमा हिँडाउनका लागि काँग्रेसको रुख चिन्हमा मतदान गर्न जनता समक्ष आग्रह गर्नुभयो । पूर्वमन्त्री यज्ञबहादुर थापाले संविधान र लोकतन्त्रको रक्षाका लागि निर्वाचन महत्वपूर्ण अवसर भएको बताउँदै काँग्रेसका उम्मेदवारलाई मतदान गरी अवसरको उपयोग गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०७ मंसिर २०७६, २० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस
राष्ट्रपतिबाट संसदको हिउँदे अधिवेशन आव्हान
चारवटा अध्यादेश राजपत्रमा प्रकाशित
अध्यादेश जारी हुनासाथ संसद् बैठक बोलाउने तयारीमा सरकार
राष्ट्रपति पौडेलद्वारा चारवटा अध्यादेश जारी
राष्ट्रपतिले सिंहदरबारभित्र बनिरहेको संसद भवन अवलोकन गर्दै