काठमाडौं । पृथ्वी राजमार्गमा ट्रक र कार ठोक्किंदा एक जना महिला घाइते भएकी छन् । दुर्घटनापछि सडक एकतर्फी मात्रै सञ्चालन भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका-३ पानीधारा भन्ने ठाउँमा काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख १७५४ नम्बरको ट्रकमा विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१-०२७ च ४००० नम्बरको कार ठोक्किएको हो ।
दुर्घटनामा कारमा सवार रुपन्देहीको देवदह नगरपालिका-४ की ५० वर्षीया मायादेवी उपाध्याय घाइते भएको प्रहरी चौकी मुग्लिनकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।
उपाध्यायको टाउकोमा चोट लागेको छ । तर, अवस्था सामान्य रहेको प्रहरी निरीक्षक भण्डारीले बताइन् । उनलाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको छ । कार चालक पनि उनको उपचारका लागि गएका छन् ।
प्रहरी निरीक्षक भण्डारीका अनुसार कारले ओभरटेक गर्ने क्रममा ठोक्किएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ माघ २०८१, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना घाइते, चालक पक्राउ
स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु
ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित २ जनाको मृत्यु
मकवानपुरमा छुट्टाछुट्टै दुर्घटना, दुई जनाको मृत्यु