चितवन । दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा पर्सा जितपुरका ३२ वर्षीय बैजनाथ चौधरी को मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले जनाए अनुसार भरतपुर महानगरपालिका २९ सत्रकिलोस्थित नारायणगढ मुग्लिन सडकखण्डमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग १७ प ४५६४ नम्बरको मोटरसाइकल र मुग्लिनतर्फ गइरहेको बा ५३ प १६५० नम्बरको मोटरसाइकल आज दिउँसो साढे १ बजे एकापसमा ठोक्किएका थिए ।
प्रहरीका अनुसार गम्भीर घाइते चौधरीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा १ः५५ बजे मृत्यु भएको हो । दुर्घटनामा २ जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० कार्तिक २०७६, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँमा ग्याँस बुलेट पल्टिँदा चालकको मृत्यु
गुल्मीमा ट्याक्टर दुर्घटना : सहचालकको मृत्यु, चालक फरार
भारतमा भएको दुर्घटनामा ५ नेपालीको मृत्यु (नामावलीसहित)
अमेरिकामा अर्को विमान दुर्घटना
पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, २ घाइते
भक्तपुरमा भएको दुर्घटनामा २३ वर्षीया युवतीको मृत्यु