काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावसँगै भारतको राजस्थानमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले नेपालमा मौसम बदली भएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । “आज देशका मध्य र पश्चिमी भूभागमा आंशिमदेखि सामान्य बदली र पूर्वी भूभागमा आंशिक बदली रहनेछ”, उहाँले भन्नुभयो ।
राति देशका पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली, पूर्वी र मध्य पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार देशका पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही मध्य पहाडी भूभागमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
सोमबार देशका पूर्वी र मध्य भूभागमा आंशिकदेखि सामान्य तथा पूर्वी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११.२ डिग्री सेल्सियस र अधिकतम तापक्रम २५.३ डिग्री सेल्सियस रहेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नेपालमा सौर्य गतिविधि र वर्षाको प्रवृत्तिमा समानता
वर्षाबाट ३४ राजमार्गका ८०५ स्थानमा पहिरो, अझै ३१ स्थानमा अवरोध
सुनसरीको तरहरा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
सुनसरीमा बिहानैदेखि अधिक वर्षा, सतर्क रहन आग्रह
आज बेलुकादेखि वर्षा मत्थर हुँदै जाने
वर्षा र बाढीबाट काठमाडौँ उपत्यकामा मात्रै २१ जनाको मृत्यु