हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–३ जलजलेमा घर भत्काउने क्रममा पर्खालले किचेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय शान्ती लामाको घर भत्काउने क्रममा बकैया–३ चिसापानीका २७ वर्षीय बुद्ध लामा मोक्तानको मृत्यु भएको हो ।
घर भत्काउँदै गरेका मोक्तान पर्खालले किचेपछि घाइते भएका थिए । घाइते मोक्तानलाई हात्तीसुँडे स्वास्थ्यचौकी लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मकवानपुरमा भिरबाट लडेर एक युवकको मृत्यु
कुटपिटबाट एकजनाको मृत्यु
आफैं चढेको ट्याक्टरले किचेर गोरखाका १८ वर्षीय युवाको मृत्यु
करेन्ट लागेर १ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
सुमो दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु