चितवन । मोटरसाइकल पल्टिदा चितवनमा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १ ठिमुराका ३५ वर्षीय डिल्लीराम गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
रामनगरबाट ठिमुरातर्फ गइरहेको ना १५ प ५१४१ नम्बरको मोटरसाईकल शुक्रबार राति आफै अनियन्त्रीत भइ पल्टिदा गौतम गम्भिर घाइते भएका थिए ।
उनको भरतपुर अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले बताए । उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० कार्तिक २०७६, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँमा ग्याँस बुलेट पल्टिँदा चालकको मृत्यु
गुल्मीमा ट्याक्टर दुर्घटना : सहचालकको मृत्यु, चालक फरार
भारतमा भएको दुर्घटनामा ५ नेपालीको मृत्यु (नामावलीसहित)
अमेरिकामा अर्को विमान दुर्घटना
पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, २ घाइते
भक्तपुरमा भएको दुर्घटनामा २३ वर्षीया युवतीको मृत्यु