फिदिम । पाँचथरमा गएराति सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको हिलिहाङ गाउँपालिका–४ सालिङ्गेमा टिपर दुर्घटना हुँदा धादिङ घर भएका चालक विनोद तामाङ र हिलिहाङ–२ घर भएका भीम तामाङको मृत्यु भएको हो । निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा काम गरेर फर्कँदै गरेको बा२क २९२० नंको टिपर सडकबाट करीब १०० मिटर तल झरेर दुर्घटना भएको हो ।
दुवै जनाको घटनास्थलमै मृत्यु भएको र शवलाई परीक्षणका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
तनहुँमा ग्याँस बुलेट पल्टिँदा चालकको मृत्यु
गुल्मीमा ट्याक्टर दुर्घटना : सहचालकको मृत्यु, चालक फरार
भारतमा भएको दुर्घटनामा ५ नेपालीको मृत्यु (नामावलीसहित)
अमेरिकामा अर्को विमान दुर्घटना
पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, २ घाइते
भक्तपुरमा भएको दुर्घटनामा २३ वर्षीया युवतीको मृत्यु