काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति शमशेर राणाले भारतले गरेको नेपालको सीमा अतिक्रमणविरुद्ध सबै नेपाली जनता एक भएर आवाज उठाउनुपर्ने बताउनुभएको छ ।
सरकारले कूटनीतिक पहल गर्छु भनेको उल्लेख गर्दै उहाँले व्यवहारिक रुपमा यस विवादलाई टुङ्गोमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष राणाले कालापानी क्षेत्रमा पर्ने लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको बताउनुभयो ।
रफत सञ्चार क्लबले आज आयोजना गरेको अन्तरक्रियामा उहाँले कालापानी, लिपुलेक, लिम्पियाधुरामा भारतले गरेको हस्तक्षेपबारे वर्तमान दुई तिहाइको सरकारको अग्नि परीक्षा शुरु भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २४ कार्तिक २०७६, २० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तर-सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
आज साँझदेखि कैलालीका सीमानाका बन्द हुने