चितवन । रामनगरस्थित आदर्श समाज वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औँ साधारण सभा एवम् सातौँ अधिवेशन शुक्रवार एक समारोहका विच रामनगरमा सम्पन्न भएको छ ।
अधिवेशनले आगामी तीन वर्षका लागि जीवनाथ पराजुलीको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति समेत गठन गरेको छ । जसको उपाध्यक्षमा क्षेत्रबहादुर सुवेदी, सचिवमा पुष्पराज देवकोटा, कोषाध्यक्षमा कमला श्रेष्ठ रहेका छन् । यसैगरी सदस्यहरुमा चित्रबहादुर न्यौपाने, शान्ती गुरुङ, शोभा श्रेष्ठ, लक्ष्मी भट्ट र रामगतीप्रसाद गुप्ता रहेका छन् ।
यसैगरी अधिवेशनले सोमराज आचार्यको संयोजकत्वमा मेनुका बडु र युवराज केसी रहेको तीन सदस्यीय लेखा समिति गठन गरेको छ । अन्य उपसमितिहरु नयाँ निर्वाचित संचालक समितिले गर्ने संस्थाले जनाएको छ ।
अधिवेशनमा प्रदेश सांसद घनश्याम दाहाल, चितवन जिल्ला बचत तथा ऋ्रण सहकारी संघ लिमिटेडका कोषाध्यक्ष केशवप्रसाद रेग्मी, सतनचुली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लेखबहादुर भट्ट, ३ नंं. प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रकाश रानाभाट, भरतपुर महानगरपालिका वार्ड नं. १ कार्यबाहक अध्यक्ष गंगादेवी पोखरेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी अधिवेशनमासंस्थापक सचिव हरिप्रसाद पोखरेल, उपाध्यक्ष राममाया गुरुङ, शिक्षा समिति संयोजक नारायणप्रसाद अधिकारी, लेखा समिति संयोजक कुष्माखर अधिकारी, पूर्व अध्यक्ष कृष्णबहादुर गुरुङ र निर्वाचन समितिका सीता गुरुङलगायतले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सचिव बाबुराम भट्टद्वारा प्रस्तुत यस वर्षको प्रगती प्रतिवेदन र कोषाध्यक्ष पुष्पराज देवकोटाद्वारा प्रस्तुत करिब साढे चार करोड ८२ लाख रुपियाँको आर्थिक प्रतिवेदन समेत सर्वसम्मत रुपमा पारित गरिएको थियो । सहकारीमा आठ सय शेयर सदस्यहरु रहेका छन् । कार्यक्रमको उद्घाटन समारोह अध्यक्ष जंगबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सहकारी ठगी प्रकरण : थुनछेक बहस कहाँ पुग्यो ?
सूर्यदर्शन सहकारी ठगी : प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी
सहकारी ठगी प्रकरणमा आज पनि बयान हुँदै
६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
आन्दोलनले सहकारीपीडित त्रसित
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने, नतिरे सम्पत्ति रोक्का र कालोसूची