दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ मस्र्याङ्दी रिसोर्ट नजिक आज भएको मोटरसाइकल दुर्घटनामा परी एक विदेशी पर्यटकको मृत्यु भएको छ ।
आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको प्रदेश ३–०२००५ प ७६०८ नं को मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक विदेशी पर्यटकको मृत्यु भएको हो । मृत्यु हुनेमा नेदरल्याण्डका नागरिक ६२ वर्षीय ज्याकप स्याक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । मोटरसाइकल दुर्घटनामा घाइते भएका उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु
पाल्पामा जिप दुर्घटनामा हुँदा १ जनाको मृत्यु
कालीकोटको पलाँतामा ट्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते