जनकपुर । धनुषामा सवारी दुर्घटनामा परी पूर्वसांसद राम लखन महतोको मृत्यु भएको छ ।
शुक्रवार धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ स्थित विश्वकर्मा चोकमा यात्रुबाहक बसको ठक्करबाट तत्कालीन नेकपा एमालेबाट २०५१ मा निर्वाचित ६० वर्षिय सांसद रामलखन महतोको मृत्यु भएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले बताए ।
साईकलमा सवार पूर्व सांसद महतोलाई विश्वकर्मा चोकमा विपरीत दिशाबाट आइरहेको बा ५ ख ८८५ नम्बरको यात्रुबाहक बसले ठक्कर दिदाँ घाइते भएका सांसद महतोको उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी उपरिक्षक खनालले जनाए ।
ठक्कर दिने यात्रुबाहक बस र चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ कार्तिक २०७६, १७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँमा ग्याँस बुलेट पल्टिँदा चालकको मृत्यु
गुल्मीमा ट्याक्टर दुर्घटना : सहचालकको मृत्यु, चालक फरार
भारतमा भएको दुर्घटनामा ५ नेपालीको मृत्यु (नामावलीसहित)
अमेरिकामा अर्को विमान दुर्घटना
पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, २ घाइते
भक्तपुरमा भएको दुर्घटनामा २३ वर्षीया युवतीको मृत्यु