काठमाडौं । यस वर्षको शरद यामका लागि बिहीबारसम्म एक हजार ११८ जनाले हिमाल आरोहणको अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार अहिलेसम्म ४५ ओटा हिमाल आरोहणका लागि १४८ ओटा आरोहण टोलीले अनुमति लिएका हुन् । अनुमति लिनेमा ८८० जना पुरुष र २२० जना महिला आरोही छन् । कुल ६२ देशका आरोहीले अनुमति लिइसकेको विभागले जनाएको छ ।
विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यो सिजनमा दुईओटा आरोहण दलले अनुमति लिएका छन् । विभागका अनुसार ती दलबाट १० जना आरोहीले अनुमति पाएका छन् । सबैभन्दा धेरै आमादब्लम हिमालका लागि आरोहण अनुमति जारी भएको छ । विभागका अनुसार २६ ओटा आरोहण दलका ३०१ जनाले अहिलेसम्म आरोहण अनुमति लिएका छन् ।
त्यसपछि मनास्लु हिमालका लागि २७ ओटा दलका २६४ जनाले अनुमति पाएका छन् । त्यसपछि हिमलुङ हिमालका लागि ९२, धम्पुसका लागि ७६ जना, सरिबुङका लागि ६० जनाले आरोहण अनुमति पाएको विभागले जानकारी दिएको छ । अङ्लोसाङ र सुरा पिक आरोहणका लागि एक–एक जना आरोहीले मात्र अनुमति लिएका छन् । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १५ कार्तिक २०७६, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वसन्त ऋतुमा हिमाल आरोहणको लागि ३६५ ले लिए अनुमति
ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै
हिमाल आरोहण अनुमति सुरु : २४ देशका आरोहीले पाए अनुमति
हिमाल जोगाउने अभियानमा जुट्यो सिरिजंगा गाउँपालिका
काला पत्थरजस्तो देखियो हिउँविहीन सिस्ने हिमाल
आरोहणका लागि थप ५७ वटा हिमाल खुलाउने प्रक्रिया अघि बढ्यो