चिप्लेढुङ्गा । नेकपा गण्डकी प्रदेश कमिटीले आसन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि तीन जनाको नाम केन्द्रमा सिफारिश गर्ने निर्णय गरेको छ ।
सिफारिश हुनेमा स्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईसहित सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’ रहेका छन् ।
प्यासी नेकपाका पुराना वामपन्थी नेता हुन् भने करण विगत २०७४ को निर्वाचन कास्की २ (ख) बाट प्रदेशसभामा झिनो मतले पराजित हुनुभएको थियो । यसअघि नेकपा जिल्ला कमिटीको कात्तिक ८ गतेको निर्णयले विद्या भट्टराईको एकल नाम सिफारिश गरे पनि केन्द्रले तीन जनाको नाम सिफारिश गर्न भनेकाले दुई जनाको नाम थपिएको नेकपा गण्डकी इन्चार्जसमेत रहनुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
वरिष्ठताको आधारमा अधिकारी र जनजातिको कोटाबाट कास्की इन्चार्जसमेत रहनुभएका करणलाई सिफारिश गरिएको नेकपा गण्डकी संयोजक हितराज पाण्डेले जानकारी दिनुभयो । आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ ।
यसैबीच नेपाली काङ्ग्रेसले १६ जनाको नाम सिफारिश गरेर पठाएको छ भने उम्मेदवारको बारेमा आज टुङ्गो लगाउने भन्दै पदाधिकारी बैठक बस्ने बताइएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १४ कार्तिक २०७६, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने
नेकपा एकीकृत समाजवादीले अहिलेको पदाधिकारीलाई नै स्थायी कमिटी बनाउने
‘कांग्रेस–एमालेबाट परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र हुनसक्छ’
नेकपा स्थापनाको ७५ वर्ष पूरा, आज हीरक महोत्सव