किभ । रुस–युक्रेनबीचको युद्ध रोकिने कुनै संकेत देखिँदैन । रुसले आफ्नै कुर्स्क क्षेत्रको एक विद्यालयमा बम विस्फोट गराएको दाबी युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले गरेका छन् ।
उक्त विद्यालयमा कयौँ रूसी शरणार्थीहरूले यसमा आश्रय लिएका थिए । रुसले बोर्डिङ स्कूलमा हवाई बम खसालेको आरोप जेलेन्स्कीले लगाएका छन् ।
‘रूसले यसरी नै युद्ध लड्छ । कुर्स्क क्षेत्रको सुद्जामा रहेको एउटा बोर्डिङ स्कूल, जसलाई सर्वसाधारणहरूले खाली गर्ने तयारी गरिरहेका थिए, त्यहाँ रुसले हवाई बम खसाल्यो । तिनीहरूले भवन ध्वस्त पारे ।
माइक्रो ब्लगिङ वेबसाइट एक्समा जेलेन्स्कीले लेखेका छन् । रूसले चेचन्या विरुद्धको युद्ध पनि यसरी नै लडेको पोष्टमा भनिएको छ । तिनीहरूले सिरियालीहरूलाई पनि त्यसैगरी मारेको उनले लेखेका छन् । रुसी सेनाले पनि आफ्नै नागरिकविरुद्ध यस्तै रणनीति प्रयोग गरिरहेको उनले बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० माघ २०८१, १३ : १०
लेखकबाट थप