युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको अध्यक्षमा मुक्ति

सोमबार, २७ असोज २०७६, १६ : १९
युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको अध्यक्षमा मुक्ति

चितवन । युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालको अध्यक्षमा पुनः मुक्तिप्रसाद अधिकारी चयन भएका छन् । आइतबार चितवनमा सम्पन्न छैटौँ साधारण सभा एवं तेस्रो विश्व सम्मेलनले अधिकारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 
समितिको वरिष्ठ उपाध्यक्षतामा बुद्धिराज अर्याल, उपाध्यक्षमा टंकप्रसाद पौडेल, महिला उपाध्यक्षमा कविता ढकाल, महासचिवमा इन्द्रप्रसाद न्यौपाने, सचिवमा निमाकान्त पाण्डे, कोषाध्यक्षमा सीता ढकाल चयन भएका छन् । सदस्यमा रामकुमार रैला, दिपक गौतम, सुलभबन्धु पोख्रेल, लक्ष्मी रेग्मी, रमा पौडेल, प्रभा शर्मा चयन भएको र बाँकी २ सदस्य पछि मनोनित गरिने समितिका निवर्तमान सचिव गणेश ढकालले बताए । सम्मेलनले प्रवास संयोजक जापानका लागि राजनकुमार श्रेष्ठलाई चयन गरेको छ । 
२०६९ साल फागुनमा विधिवत रुपमा स्थापना भएको समितिमा अहिलेसम्म ७ सयभन्दा बढी आजीवन सदस्य बनिसकेका निवर्तमान महासचिव राम बाबु थापाले बताए । समितिले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीलाई सहयोग गर्नुका साथै मृत्यु भएका तथा अंगभंग भई स्वदेश फर्किएकाहरुलाई सहयोग, हौसला र उनीहरुका छोराछोरीलाई एसईईसम्म पढाउने व्यवस्था गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस