लाइभ म्युजिक र डीजेसहितको होटल सञ्चालनमा

मंगलबार, १४ असोज २०७६, १३ : ४४
लाइभ म्युजिक र डीजेसहितको होटल सञ्चालनमा

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २, लीलाचोकनजिक जलमा रोडमा सोमबारदेखि लाइभ म्युजिक र डीजेसहितको होटल सञ्चालनमा आएको छ । 
वान टु थ्री नाइट बर्ड नामक यस होटलको एक समारोहबीच उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले उद्घाटन गरेका हुन् । अध्यक्ष प्रधानले चितवनमा नयाँ नयाँ ब्यवसायहरू खुल्ने क्रममा जोखिम उठाएर नाईट क्लब सञ्चालन गर्नु ठुलो साहस भएको बताए ।
होटल व्यवसायी संघ चितवनकी अध्यक्ष शर्मिला न्यौपानेले संघको आचारसंहिताभित्र रहेर व्यवसाय सञ्चालन गर्न सुझाव दिइन् । एकै ठाउमा डिस्को, लोकदोहोरी, आधुनिक म्युजिक र डान्स क्लबसहित १२३ नाईट क्लब सञ्चालनमा ल्याएको क्लबका सञ्चालक प्रविन खड्काले बताए ।
क्लबको पहिलो तलामा संगीतको मज लिएर खाजा र खाना खान सकिने, दोश्रो तलामा दोहोरी र तेश्रो तलामा डिजे डान्समा रमाउन सकिने खड्का बताउँछन् । डीजे डान्सका लागि ३ सय रुपैयाँको टिकट तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस