किन विवादमा पर्दैछन्, पर्यटन मन्त्री योगेश भट्टराई ?

सर्वसधारणबाट अपेक्षा गरिएकै मन्त्री एक पछि अर्काे विवादमा

सफल खबर संवाददाता

विहीबार, ०९ असोज २०७६, ११ : ५९
किन विवादमा पर्दैछन्, पर्यटन मन्त्री योगेश भट्टराई ?

काठमाडौं । आम जनताले अपेक्षा गरेका मन्त्री नै विवादमा मुछिन थाले भने के होला ? सरकारको अलोकप्रियता त छँदैछ, जुन जोगी आएपनि कानै चिरेका जस्ता भन्ने अर्थ लाग्न सक्छ । अहिले भएको छ त्यस्तै । 

ओली सरकारको ग्राफ् एकपछि अर्काे रुपमा घटिरहेका बेला संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रीका रुपमा योगेश भट्टराई मन्त्री नियुक्त हुँदा उनीप्रति सबैको आशा थियो ।
तर मन्त्री भएको ५० दिनमै उनी विवादमा तानिन थालेका छन् । केही सिमित मान्छेको घेरामा अहिले मन्त्री पर्न थालेको चर्चा मन्त्रालयमा हुन थालेको छ ।
मन्त्रीलाई विवादमा तान्न पूर्व पर्यटनमन्त्री कृपाश्वर शेर्पादेखि उनका प्रमुख स्वकीय सचिव प्रेम गुरागाईसम्म जोडिन पुगेका छन् ।

नेपाल पर्यटन भ्रमण वर्ष २०२० को परामर्श दाताका रुपमा मन्त्री भटटराईले हालै वच्चुनारायण श्रेष्ठ नियुक्त गरेका छन् । उनको नियुक्ति मन्त्री भटटराईलाई अहिले पर्यटन ब्यवसायीका अगाडी फलामको च्यूरा चपाउनु सरह भएको छ । पर्यटनसँग सम्वन्धित कुनै पेशा ब्यवसाय नगरेका र पर्यटन ब्यवसायीले पनि खास नचिनेका श्रेष्ठलाई पूर्वमन्त्री कृपास्वर शेर्पाको सिफारिसमा मन्त्री भटटराईले नियुक्त गरेका हुन् ।
वच्चुनारायण दिवंगत आङछिरिङ शेर्पा र सोनाम शेर्पाका मान्छे हुन् । उनलाई भ्रमण वर्षको सिइओ नै समेत वनाउने तयारीका रुपमा अहिले परामर्शदाताका रुपमा नियुक्त गरिएको चर्चा अहिले पर्यटन मन्त्रालयमा छ ।
 
मन्त्री भटटराई अहिले क्यानडामा छन् । अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन International Civil Aviation Organisation-ICAO को ४० औं महासभा क्यानडाको शहर मड्रियलमा जारी छ । त्यही महासभामा भाग लिन मन्त्री भटटराई क्यानडा पुगेका हुन् ।

त्यहावाट उनी १४ असोजमा काठमाडौं आउने कार्यक्रम छ । भटटराई काठमाडौं आएपछि नेपाल भ्रमण वर्ष सञ्चालन कार्यविधि परिमार्जन गरेर सिइओ राख्ने ब्यवस्था गर्ने र श्रेष्ठलाई सिइओ वनाउने तयारी मन्त्रीको छ ।
 
अहिले सिइओ राख्ने ब्यवस्था छैन । उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्य भ्रमण वर्ष २०२० को संयोजक छन् । उनले प्रभावकारी काम देखाउन नसकेको आरोप लागिरहेका वेला मन्त्री भटटराईले वच्चुनारायण श्रेष्ठलाई कार्यविधि नै संसोधन गरेर सिइओ वनाउन खोजेका हुन् ।
भ्रमण वर्षका सदस्य सचिव वरिष्ठ निर्देशक नन्दिनी थापा थिइन् । उनी गत साउन १६ वाट ढेड मिहना सम्र्पक् विहिन वनिन । अहिले उनले राजीनामा दिएकी छिन् ।

उनको राजीनामा स्वीकृत भए नभएको विषयमा मन्त्रालयले केही वताएको त छैन । उनको राजीनामाका कारण पनि कार्यविधि संसोधन गरेर सिइओको ब्यवस्था गर्न मन्त्रीलाई घेरावन्दी गरिरहेका छन् । मन्त्री यो घेरावाट वाहिर निस्कन नसकेको स्रोत वताउँछ ।

पर्यटनसँग असम्वन्धित ब्यक्तिलाई कुनै नेता विशेषको दवावमा परामर्श दाता नियुक्त गर्ने र उनैलाई भ्रमण वर्षको सिइओ वनाउने कामले मन्त्री भटटराई विवादमा तानिन थालेका हुन् ।

अर्काेतिर उनको सचिवालयका प्रमुख स्वकिय सचिव प्रेम गुरागाईका कारण पनि मन्त्री भटटराई विवादमा तानिएका छन् । उपसचिव सरहको सेवा सुविधा लिएर प्रमुख स्वकिय सचिव वनेका गुरागाईले मन्त्री आएको ५० दिन नपुग्दै आफ्नै श्रीमति भूमिका पौडेललाई पर्यटन वोर्डमा जागिर लगाएका छन् ।

पर्यटन वोर्डलाइृ दवाव दिएर उनले श्रीमति भूमिकालाई एक साता अगाडी मात्रै प्रशासन शाखामा करारमा जागिरेमा हालेका हुन् । प्रमुख स्वकयि सचिवले नतागोता हाल्ने, मन्त्रीलाई स्वार्थ समुहहरुले घेरावन्दी गर्ने काम गरेका कारण भटटराई क्रमशः विवादमा आउन थालेका हुन् ।
त्यसो त उनी अहिले सामान्य भन्दा सामान्य कार्यक्रममा पनि जान खोजिरहेका छन् । जसकाकारण पनि योगेश विवादमा पदै आउन थालेका छन् ।

योगशे नेकपाका धेरै नेता कार्यकर्ताले मात्र होइन, विपक्षी काग्रेस लगायत अन्य राजनीतिक दलका नेता कार्यकर्ताले पनि आशाका नजरले हेरेका मन्त्री हुन् । योगेशलाई पहिलो चरणमै ओलीले मन्त्री नवनाउदा ओलीकै आलोचना भएको थियो । सरकारले अपेक्षित गति वढाउन नसकेपछि मात्रै ओलीले योगेशलाई अगाडी सारेका हुन् ।

यस्ता नेता आफै मन्त्रालयमा घेरावन्दीमा पर्ने र विवादमा आउन थालेपछि सिंहदरवारको कुर्सी नै त्यस्तौ हो की के हो ? जो गएपनि कानै चिरेको भन्दै सर्वसाधारण टिप्पणी गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस