प्रहरीले राति गोली चलाएर डँकैती गरिरहेका ४ डाँकालाई नियन्त्रणमा लियो

सफल खबर संवाददाता

विहीबार, ०९ असोज २०७६, ०९ : १७
प्रहरीले राति गोली चलाएर डँकैती गरिरहेका ४ डाँकालाई नियन्त्रणमा लियो

जनकपुर । जनकपुरमा डकैत गरिरहेका डाँकामाथि प्रहरीले गोली चलाएको छ । बिहिबार विहान ३ बजे जनकपुरधाम उपमहानगरपालिका गेटमा रहेको जानकी फर्निसिङमा डकैती गरिरहेका चार जना डाँका भाग्न खोजेपछि प्रहरीले ३ राउण्ड गोली चलाएको हो ।
धनुषाका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार  उनीहरुको साथबाट हतियार समेत बरामद भएको छ । प्रहरीले चलाएको गोली एक जना लुटेराको खुट्टामा लागेको छ । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । 

पक्राउ पर्नेमा दुई जना भारतीय र दुई जना रौतहटका बासिन्दा छन् । भारत विहारको सितामढीमा पर्ने इसलामपुरका ४० वर्षीय मो। इलियास, सितामढी बर्गेनीका ३९ वर्षीय उजिर अन्सारी, रौतहटको वृन्दावन नगरपालिका घर भएका ३५ वर्षीय गगन पटेल र गौर नगरपालिका ४ का ४५ वर्षीय बिनोद प्रसाद सिंह पक्राउ परेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस