हतियारसहित ४ जना नियन्त्रणमा

सफल खबर संवाददाता

बुधबार, ०८ असोज २०७६, १७ : २०
हतियारसहित ४ जना नियन्त्रणमा

काठमाडौं । प्रहरीले पेस्तोलसहित ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले  काठममाडौं महानगरपालिका ९ शम्भुमार्ग स्थित एभरेष्ट होलीडे ईन होटलको ४०४ नम्बर रूमबाट बालुवाटार बस्ने उदयपुर कटारीका भिम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भिम बहादुर माझी, बल्खु बस्ने सिन्धुलिकै  प्रदिप माझी र सितापाईला बस्ने लोकेन्द्र बहादुर आलेलाई पक्राउ गरेको हो ।
 
उनीहरुको साथबाट प्रहरीले पेस्तोल १ थान, म्यागजिन १ थान र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड बरामद गरेको जनाएको छ । 
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस