कृषि विकास बैंकको रकम निकाल्ने कार्यका मुख्य योजनाकारको पहिचान

सफल खबर संवाददाता

बुधबार, ०८ असोज २०७६, १६ : २३
कृषि विकास बैंकको रकम निकाल्ने कार्यका मुख्य योजनाकारको पहिचान

काठमाडौँ । कृषि विकास बैंकको रकम निकाल्ने कार्यमा संलग्न मुख्य योजनाकारको पहिचान भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनु्सार  मु्ख्य योजनाकार अफ्रिकी मुलका नागरिक काले भनिने पिटर रहेका छन् । उनको राष्ट्रियता खुल्ने क्रममा रहेको प्रहरीको भनाई छ । 

लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएका पिटरले नेपालका बैङ्क तथा वित्तीय संस्थाहरुबाट करीब ५ अर्ब नेपाली रुपैयाँ निकाल्ने योजना बनाएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । 
एसएसपी थापाका अनुसार मुख्य नाइके भनिएका पिटरले नेपाली भाषा समेत बोल्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस