कास्की–२ बाट चुनाव नलड्ने बामदेव गौतमको घोषणा

सफल खबर संवाददाता

शनिबार, ०४ असोज २०७६, २० : ३०
कास्की–२ बाट चुनाव नलड्ने बामदेव गौतमको घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतम कास्की २ बाट चुनाव लड्ने योजनाबाट पछि हटेका छन् ।

उपाध्यक्ष गौतमले शनिबार बसेको पार्टीको सचिवालय बैठकलाई आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी दिएका हुन् । 

तर नेकपा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा कास्की प्रतिनिधि सभा २ बाट उपनिर्वाचन लड्न प्रस्ताव गरेका थिए ।

यदि नेकपाले गौतमको प्रस्ताव स्वीकार गरेमा अधिकारी पत्नी विद्या भट्टराई उम्मेदवार बन्ने सम्भावना रहन्छ । उनी अखिलकी पूर्व नेतृ समेत हुन् ।

प्रतिक्रिया दिनुहोस