नेकपा सचिवालय बैठक: ६ महानगर अध्यक्ष र सचिवको टुंगो (सूचीसहित)

सफल खबर संवाददाता

शनिबार, ०४ असोज २०७६, १८ : ४६
नेकपा सचिवालय बैठक: ६ महानगर अध्यक्ष र सचिवको टुंगो  (सूचीसहित)

फाईल फोटो

काठमाडौँ  । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ६ वटा महानगरपालिकाको अध्यक्ष र सचिव टुंगो लगाएको छ ।

जसअनुसार काठमाडौं महागरपालिकाको अध्यक्षमा निर्मल देउवा र सचिव रविन्द्र श्रेष्ठ चयन भएका छन् भने ललितपुर महानगरपालिकामा मन्जली शाक्य अध्यक्ष र ज्ञानेन्द्र शाक्य सचिव भएका छन् ।

भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र, सचिव ईश्वर सापकोटा, वीरगञ्जको अध्यक्षमा रहबर अन्सारी र सचिव विश्वम्भर शर्मा तथा विराटनगर महानगरको अध्यक्षमा सागर थापा र सचिवमा हेम कार्की चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस