खाना पकाउने ग्यासको मूल्य घट्यो

सफल खबर संवाददाता

शुक्रबार, ०३ असोज २०७६, २० : ०४
खाना पकाउने ग्यासको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ ।

निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाएको हो ।

निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य पनि घटाएको छ । निगमले प्रति किलोलिटर ५० अमेरिकी डलरले मूल्य घटाएको हो ।

अब अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार अमेकिी डलरमा जहाजले तेल हाल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस