आर्थिक सहायताको नाममा एक करोड १९ लाख स्वाहा

शुक्रबार, ०३ असोज २०७६, १५ : ३८
आर्थिक सहायताको नाममा एक करोड १९ लाख स्वाहा

काठमाडौँ । दसैंको मुखमा सरकारले आर्थिक सहायताका नाममा १ करोड १९ लाख १ हजार १ सय ७८ रुपैयाँ वितरण गरेको छ । गत भदौमा मात्र सरकारले उक्त रकम बाँडेको हो ।

अर्थ मन्त्रालयका अनुसार गत भदौ १, २ र ४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार हरिपुर(७ सर्लाहीका महेश थापा लगायत १८ जनालाई ९१ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त रकम उनीहरुलाई गृह मन्त्रालयमार्फत दिइएको हो ।

सरकारले संखुवासभा जिल्ला खाँदबारी नगरपालिका(१२ का हाल चन्द्रनिगाहपुर स्रोत केन्द्रका स्रोत व्यक्ति मुकुन्द पुरीलाई आर्थिक सहायता स्वरुप ५ लाख रुपैयाँ उपलब्ध गरेको छ ।

कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकामा निर्मला पन्त काण्डमा भएको आन्दोलनको क्रममा घाइते भएकाको उपचारको लागि भन्दै आर्थिक सहायता स्वरुप २ लाख ५० हजार रुपैयाँ निकासा गरिएको छ । यस्तै, नुवाकोट दुप्चेश्वरमा भएको सवारी दुर्घटनामा भएका घाइतेहरुको उपचारको लागि ५ लाख ५३ हजार ४ सय ९ रुपैयाँ प्रदान गरिएको छ ।

सरकारले झापा जिल्ला निवासी मनमोहन मिश्रलाई आर्थिक सहायता स्वरुप २ लाख रुपैयाँ उपलब्ध गरेको छ । गुरुमा धम्मावतीको उपचार वापतको बील भौचर सम्बन्धित निकायले यकिन गर्ने गरी ३ लाख ३५ हजार ६ सय ३९ रुपैयाँ निकासा गरेको छ।

नेपालगन्ज(१५ बाँके निवासी कमलसिंह क्षेत्रीलाई आर्थिक सहायतास्वरुप १ लाख रुपैयाँ दिइएको छ। सरकारले सुनकोसी गाउँपालिका कमेरे सिन्धुलीमा पहिरोमा परी घाइते भएका सिराहा गोलबजार ३ का इन्दल शाहको उपचार खर्चवापत आर्थिक सहायताको रूपमा ८ लाख ६२ हजार १ सय ३० रुपैयाँ उपलब्ध गरेको छ ।

प्रतिक्रिया दिनुहोस