भरतपुर खानेपानी बोर्डको साढे ९ करोड राजश्व संकलन

बुधबार, ०१ असोज २०७६, १७ : ०७
भरतपुर खानेपानी बोर्डको साढे ९ करोड राजश्व संकलन

चितवन ।  चितवनको भरतपुरमा रहेको भरतपुर खानेपानी व्यवस्थापन बोर्ड पानी महसुल मार्फत साढे ९ करोड रुपैयाँ राजश्व संकलन गर्न सफल भएको छ ।

वोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले बोर्डको आफ्नो १२ औँ वार्षिकोत्सवमा दाहालले महानगर क्षेत्रमा ४७ प्रतिशत जनतामा स्वच्छ खानेपानी पुराएको र हालसम्म २८ हजार ग्राहक रहेको बताए । बोर्डले हाल भरतपुर महानगरको १ देखि १६ र २२ नम्बर वडामा खानेपानी वितरण गर्दै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य एवम् कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले महानगरका सबै वडाहरुमा सेवा बिस्तार गर्न सुझाव दिए ।

समिति सभापति पोखरेलले संसारमा ३ प्रतिशत पानी मात्र पिउन योग्य रहेको अवस्थामा यस्लाई भावी पुस्ता सम्म ब्यबस्थित वितरण ब्यवस्थापन गर्नु चुनौतीपूर्ण कार्य रहेको उल्लेख गरे ।  

कार्यक्रमका सभापति एवम् भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सीमित श्रोत साधनका बाबजुद भरतपुर खानेपानी व्यवस्थापन वोर्डले सेवा प्रवाह गरेका बताए । स्रोत र साधनको वृद्धि गर्दै जनतामा सेवा विस्तार गर्दै जाने दाहालले उल्लेख गरे।

कार्यक्रममा प्रदेश सभा सदस्य विजय सुवेदी, घनश्याम दाहाल, मिलनबावु श्रेष्ठ, गिता वाग्ले र रिना गुरुङले सेवा बिस्तार संगसंगै गुणस्तरियतामा सदैव सचेत रहन सुझाव दिए ।

नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीले खानेपानी वोर्ड राजनीति भन्दा उठेर काम गर्नुपर्ने बताए ।  कार्यक्रममा उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, संघिय खानेपानी तथा ढल विकास आयोजना कार्यालय भरतपुरका प्रमुख नारायणप्रसाद काफ्ले, पूर्व वोर्ड सदस्य रामराज पौडेल, उपभोक्ताका तर्फबाट मदन घिमिरेले शुभकामना मन्तब्य राखेका थिए ।

वोर्डले विभिन्न १८ स्टेशनमा ३१ वटा डिपबोरिङ्ग मार्फत दैनिक २ करोड १५ लाख लिटर पानी उत्पादन र वितरण गरिरहेको छ । सोही अवसरमा भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा खानेपानी सम्बन्धी समस्या, हाल सम्म गरिएका उपलब्धी तथा भावि कार्ययोजनाका बिषयमा समेत चर्चा गरिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस