साउदी शासकलाई सेनाबाट ‘कू’को डर

बुधबार, ०१ असोज २०७६, १५ : ५४
साउदी शासकलाई सेनाबाट ‘कू’को डर

काठमाडौँ । साउदी शासकहरु आफ्नो देशको सेना बलियो भयो भने ‘कू’ गर्ला भनेर डराउँछन । यही कारणले साउदी शाही परिवारले आफ्नै देशलाई ठूलो बनाउन दिएका छैनन् । 

सुरक्षा मामिलामा कमजोर भएको कारण साउदी अरब आफ्नो सुरक्षाको लागि अमेरिका र पाकिस्तानमा निर्भर रहन्छ । 
यमन विरुद्धको लडाईमा साउदी अरबले कति खर्च गरिसक्यो त्यसको जानकारी अहिलेसम्म बाहिरिएको छैन । तर पछिल्लो दुई वर्षमा साउदी अरबको कुल विदेशी धनमा २ खर्ब डलरको गिरावट आएको छ । 

यसबाट लडाइँमा साउदीलाई धेरै नोक्सानी भएको देखिन्छ । साउदी अरबले यमनमा सन् २०१५ मार्चमा हस्तक्षेप सुरु गरेको थियो । 

साउदीको नेतृत्वमा रहेको सैनिकले यमनमा त्यो समयदेखि हवाई आक्रमण गरिहरेका छन् । त्यसबाहेक सानो संख्यामा जमिनमा पनि सेना पठाएको भए पनि साउदी अरबले जित हासिल गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस