भारतीय प्रधानमन्त्री मोदी ६९ वर्षमा, ओलीले दिए शुभकामना

सफल खबर संवाददाता

मंगलबार, ३१ भदौ २०७६, १० : १०
भारतीय प्रधानमन्त्री मोदी ६९ वर्षमा, ओलीले दिए शुभकामना

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आजबाट ६९ वर्ष पुगेका छन् । आफ्ना समकक्षी प्रधानमन्त्री मोदीको जन्मदिनको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन् ।

ओलीले सामाजिक सन्जालमा ट्वीट गर्दै भनेका छन् ‘प्रधानमन्त्री श्री नरेन्द्र मोदी जी तपाइलाई जन्मदिनको हार्दिक शुभकामना । म तपाइको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दछु ।’

ओलीको जन्मदिनमा पनि नरेन्द्र मोदीले शुभकामना दिएका थिए । ओलीले पनि सामाजिक सन्जालबाटै मोदीलाई शुभकामना दिएका हुन् । ओलीले तीन भाषामा मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

हिन्दी, अंग्रेजी र गुजराती भाषामा ओलीले मोदीलाई शुभकामना दिएका हुन् । उनले भनेका छन्, –‘मलाई पूरा विश्वास छ कि, हामी मिलेर नेपाल–भारतको द्धिपक्षीय सम्बन्धलाई अझैं मजबुत बनाउनेछौ । 

प्रतिक्रिया दिनुहोस