ज्ञानेन्द्र शाहीलाई जिल्लामा प्रवेश निषेध गरेपछी काँग्रेस नेता गगन थापाको आयो यस्तो प्रतिक्रिया

सफल खबर संवाददाता

सोमबार, ३० भदौ २०७६, २१ : ४४
ज्ञानेन्द्र शाहीलाई जिल्लामा प्रवेश निषेध गरेपछी काँग्रेस नेता गगन थापाको आयो यस्तो प्रतिक्रिया

काठमाडौं । पर्यटनमन्त्री योगेश कुमार भट्टराईलाई विमानस्थलमा ‘अभद्र’ व्यवहार गरेको आरोप लागेपछि विवादमा तानिएका ज्ञानेन्द्र शाहीलाई विभिन्न जिल्लामा प्रवेश निषेध गरिएको खबर सार्वजनिक भएपछि काँग्रेस नेता गगन कुमार थापाले आफ्नो धारणा सार्वजनिक गरेका छन् । 

नेकपा निकट युवा संगठनले कास्की र धनुषामा शाहीलाई प्रवेश नदिने भन्दै विज्ञप्ति जारी गरेपछि गगनले अरिङ्गाल प्रवृत्ति छोड्नुहोस् भन्दै नेकपा र सम्बद्ध युवा संगठनलाई सचेत गराएका हुन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता थापाले गल्ती गर्नेलाई निषेध गरेर नभई विधिले बाँध्नु पर्ने सुझाव दिएका छन् ।  उनले लेखेका छन्, ‘कमरेड !

यो लोकतान्त्रिक गणतन्त्र नेपाल हो। ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाह पनि यहाँ स्वतन्त्रपूर्वक हिँड्न पाउँछन्। आफ्नो विचार राख्न पाउँछन्। गल्ति गर्नेलाई विधिले बाँध्ने हो निषेध गर्ने होइन।’ 

 थापाले नेपाल  युवा संघले जारी गरेको विज्ञप्ति राख्दै सरकारको मति र अरिङगाल प्रवृत्तिमा सुधार गर्न समेत सुझाउँदै भनेका छन्, ‘सरकारको गति र मति ठिक पार्नुहोस् आफ्नो अरिङगाल प्रवृत्ति छोड्नुहोस् परिवर्तन विरोधि तत्व आफै परास्त हुन्छन्।’

शनिबार नेपालगञ्ज विमानस्थलमा ज्ञानेन्द्र शाहीको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुर्व्यवहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस