रोयल पेन्ट्सको ब्रान्ड एम्बेस्डरमा मिस नेपाल श्रृखला खतिवडा

सफल खबर संवाददाता

सोमबार, ३० भदौ २०७६, १२ : ०२
रोयल पेन्ट्सको ब्रान्ड एम्बेस्डरमा मिस नेपाल श्रृखला खतिवडा

चितवन । रोयल पेन्ट्सले आफ्नो ब्रान्ड एम्बेस्डरमा मिस नेपाल २०१८ श्रृखला खतिवडालाई अनुबन्धन गरेको छ । ब्रान्ड प्रमोसन एवम् बजार बिस्तार गर्ने उद्देश्यले कम्पनीले मिस नेपाललाई छनौट गरेको हो ।

नेपाली बजारमा स्वदेशी उत्पादनको माग बढिरहेको बर्तमान परिपेक्ष्य आफ्नो उत्पादनको प्रचार प्रसारको लागि आक्रमक बन्ने रणनीति लिएको कम्पनीका प्रबन्ध निर्देशक प्रमेश भन्डारीको भनाई छ ।

त्यसैको निरन्तरता हो हामीले दशै तिहारलाई पनि ध्यान दिएर ग्राहक योजना ल्याएका छौं उनले थपे, –निकट भबिष्यमा ब्यापारको गुणस्तर वृद्धि ,बिस्तार एबम बजारीकरणमा महत्व दिनेछौं ।

मोफसलमा लोकप्रिय ब्रान्ड रोयल पेन्ट्सलाइ अन्तराष्ट्रिय स्तरमा पुर्याउन र बिज्ञापनको महत्व अन्य कम्पनीलाई बुझाउन यो अभियान फलदायी हुने बिश्वास कम्पनीको आधिकारिक बिज्ञापन एजेन्सी सार्थक बिज्ञापन सेवाका प्रमुख कार्यकारी नवीनराज पौडेलले लिएका छन् ।

रोयल पेन्ट्सले आफ्नो विभिन्न उत्पादन देशका अधिकांश  जिल्लाबाट बिक्री बितरण गर्दै आईरहेको छ । 

प्रतिक्रिया दिनुहोस