चार दिनदेखि युवती बेपत्ता

विहीबार, १८ माघ २०७४, १२ : १५
चार दिनदेखि युवती बेपत्ता

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–५ बस्ने २६ वर्षीया कमला तुम्बापो (सुस्मिता) चार दिनदेखि बेपत्ता हुनुभएको छ ।
घरबाट फिदिमस्थित साम्दिन घुम्तीसम्म पुगेर आउने भनेर माघ १५ गते निस्केकी तुम्बापो नफर्किएपछि आफन्त र परिवारजनले खोजतलास गरे पनि पत्ता लाग्न नसकेको उहाँका श्रीमान् कुबेर तुम्बापोले बताउनुभयो ।

धेरै खोजतलास गरिए पनि उहाँ फेला पर्न नसकेपछि परिवारजनले जिल्ला प्रहरी कार्यालय पाँचथरमा खोजिदिन आग्रह गर्दै निवेदन दिएका छन् । बेपत्ता भएकी तुम्बापोको एक छोरा र एक छोरी छन् ।(रासस)

प्रतिक्रिया दिनुहोस