काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जन प्रशासन क्याम्पस प्रमुख नियुक्ति सिफारिसका लागि सर्च कमिटी गठन गरिएको छ । व्यवस्थापन संकायका डिन, निमित्त क्याम्पस प्रमुख, क्याम्पस सञ्चालक समिति, विद्यार्थी संगठनहरू लगायतका सबै पक्षबीच सहमतिमार्फत सिफारिसका लागि सर्वसम्मत सर्च कमिटी गठन भएसँगै नयाँ क्याम्पस प्रमुख नियुक्तिको विषय अगाडि बढेको हो ।
क्याम्पस प्रमुख नियुक्तिका लागि यसअघि पनि दुई पटकसम्म सर्च कमिटी गठन भए पनि सहमति हुन सकेको थिएन ।गत मंगलबार त्रिभुवन विश्वविद्यालयका डिन प्रा. डा. महानन्द चालिसेको उपस्थितमा बसेको क्याम्पसको सञ्चालक समितिको बैठकले प्रा. डा. बालकृष्ण श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय सर्च कमिटी गठन गरेको क्याम्पसले जनाएको छ ।
यसअघि सञ्चालक समितिका अध्यक्षको असहयोग तथा नियम विपरीत सर्च कमिटीका अध्यक्ष नियुक्ति लगायतको कारण सर्च कमिटीहरूले काम गर्न नसकेकोमा यसपटक स्ववियु उपाध्यक्ष तिवारीको प्रस्तावमा व्यवस्थापन संकायका डिनलाई सञ्चालक समितिको बैठकमा आमन्त्रण गरी डिनकै प्रस्तावमा निष्पक्ष र सर्वमान्य रूपमा सर्च कमिटी गठन गरिएको क्याम्पसको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ फागुन २०८१, १३ : २१
लेखकबाट थप