खोलामा डुबेर दुई जनाको मृत्यु

रासस

सोमबार, २७ साउन २०७६, २१ : ५३
खोलामा डुबेर दुई जनाको मृत्यु

पाल्पा । पाल्पाको ज्याग्दी खोलामा माछा मार्ने क्रममा दुई जनाको आज डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका–५ का ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आले रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

थापा र आलेसँगै बमबहादुर आले पनि माछा मार्न गएका थिए । बमबहादुरका अनुसार मृतक निरबहादुर राम मन्दिर माविका शिक्षक हुन् । 

प्रतिक्रिया दिनुहोस