चितवन । माईक्रो बसको ठक्करबाट चितवनमा एक बालक गम्भीर घाइते भएका छन । ठक्करबाट लम्जुङ भुजुङ गाउपालिका ७ का १० वर्षीय बालक आयुस गुरुङ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
काठमाडौंबाट पोखरातर्फ गइरहेको बा ३ ख ७९५६ नम्बरको माइक्रोले पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा बालकलाई आज बिहान १०१० बजे ठक्कर दिएको थियो ।
बालकको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरिले जनाएको छ । ठक्कर दिने माइक्रो र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ साउन २०७६, १४ : २१
लेखकबाट थप