पहिरोले एउटै परिवारका तीन जना बेपत्ता

रासस

शनिबार, २८ असार २०७६, २१ : ०१
पहिरोले एउटै परिवारका तीन जना बेपत्ता

फाईल फोटो

काठमाडौँ । दुधौली नगरपालिका–१२ मा पहिरोले घर बगाउँदा आज एउटै परिवारका तीन जना बेपत्ता भएका छन् । 

पहिरोले घर बगाउँदा जिनाखु बुनिटारका ३० वर्षीया सुनिता पौडेल, उनकी १० वर्षीया छोरी सविता र छोरा सागर बेपत्ता भएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो । पहिरोले पुरिएका हिराबहादुर पौडेलको भने स्थानीयवासीले सकुशल उद्धार गरेका छन् । प्रहरी टोली घटनास्थलमा गएको छ । अहिले बेपत्ता तीनै जनाको खोजी भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस