बाढीले बगाउँदा पर्सामा दुई जनाको मृत्यु

रासस

शनिबार, २८ असार २०७६, २० : ०१
बाढीले बगाउँदा पर्सामा दुई जनाको मृत्यु

फाईल फोटो

पर्सा । बाढीले बगाउँदा बारा र पर्सामा दुई जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा पर्साको पर्सागढी नगरपालिका–१ का १० वर्षीय निखिल पटेल र बारा परवानीपुर गाउँपालिका–१ का डेढ वर्षीय विकी यादव रहेका छन् ।

बाढीले बगाउँदा चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सिरहा कल्याणपुर नगरपालिका–४ भोक्राहाका ५५ वर्षीय कामेश्वर यादव, महोत्तरी बलवा नगरपालिका–२ बर्दियाका ७० वर्षीय हमिद मियाँ, रौतहट गढिमाई नगरपालिका–६ धरमपुरका ५० वर्षीय आनन्द देवी र पर्साको वीरगञ्ज महानगरपालिका– १३ का १४ वर्षीय अनुप पटेल छन् । यादवलाई कमला नदी तर्ने क्रममा, मियाँ खोला तर्ने क्रममा, देवी वाग्मती नदीमा दाउरा टिप्ने क्रममा तथा पटेल बाढी हेर्ने क्रममा बगेर बेपत्ता भएका हुन् । 

प्रतिक्रिया दिनुहोस