अधिकारीको सम्झनामा शोकसभा

सफल खबर संवाददाता

शनिबार, २८ असार २०७६, १९ : ५४
अधिकारीको सम्झनामा शोकसभा

चितवन । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी माओवादी) का पोलिटव्युरो सदस्य श्रीनाथ अधिकारीको सातौ दिनको पुण्य तिथिमा उहाको निवास भरतपुर महानगरपालिका वडा नम्बर १४ पृथ्वीनगरमा आज श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । पार्टीको केन्द्रीय समितिले आयोजना गरेको शोकसभाको प्रमुख अतिथि पार्टीका स्थायी समिति सदस्य सिपि गजुरेल हुनुहुन्थ्यो ।

सो अबसरमा गजुरेलले अधिकारीको निधनले पार्टी र सिङ्गो राष्ट्रलाई नोक्सान भएको आफुले महसुस गरेको बताउनुभयो । नेपालको राजनैतिक परिवर्तनमा उहाँले पु¥याएको योगदान अतुलनीय रहेको भन्दै गजुरेलले  अधिकारीको प्रशंशा गर्नुभयो ।

पार्टीका पोलिटव्युरो सदस्य दिनेश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर ३ का अध्यक्ष नारायण दाहाल , गण्डक प्रदेशका अध्यक्ष हितराज पाण्डे , संघिय सांसद हरि अधिकारी , भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार , भक्तिप्रसाद लामिछाने , अधिकारीका छोरा नारायण अधिकारी , बहिनि शान्ता अधिकारी लगायतले बोल्नुभएको थियो । बि.स. २०१२ साल साउन ९ गते गोर्खाको हालको अजिरकोट गाउपालिका वडा नम्बर ३ मा जन्मनुभएका अधिकारी बि.स. २०३२ साल देखि सक्रिय राजनितिमा लाग्नुभएको थियो । उहाँको क्यान्सर रोगका कारण निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस