अत्याधुनिक हतियारसहित विप्लव समूहका कार्यकर्ता पक्राउ

सफल खबर संवाददाता

विहीबार, १९ असार २०७६, १५ : २७
अत्याधुनिक हतियारसहित विप्लव समूहका कार्यकर्ता पक्राउ

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्लास्तरीय एक कार्यकर्ता पक्राउ परेका छन् । निम दोर्जे तामाङलाई संखुवासभाबाट अत्याधुनिक हतियार र गोलीसहित प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । 

तामाङको साथबाट अत्याधुनिक हतियार एसएलआर एक थान, ११० राउन्ड गोली, एसएलआर र एलएमजीको एक–एक म्यागजिनसमेत बरामद गरिएको प्रहरी महानिरीक्षक सचिवालयले जानकारी दिएको छ । साथै उनको साथबाट प्रहरीले विप्लव समूहको नेकपाको दस्तावेज समेत बारामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस