सिटौलालाई छोडेर पौडेललाई फकाउने रणनीतिमा देउवा

संस्थापन पक्ष जस्तै पौडेल पनि पार्टी कमिटि मनोनयन गर्ने पक्षमा लचिलो, सिटौला अझै कडा

सफल खबर संवाददाता

बुधबार, १८ असार २०७६, ०७ : ३७
सिटौलालाई छोडेर पौडेललाई फकाउने रणनीतिमा देउवा

काठमाडौं । प्रतिपक्षी नेपाली काग्रेसको केन्द्रीय समितिको सम्मुखमा नेताहरु आ–आफ्ना हिसाब–किताबमा जुटेका छन् । एकले अर्काे पक्षका विरुद्ध अपनाउने रणनीतिका विषयमा अहिले काग्रेस नेताहरुका बीचमा तिव्र धुव्रिकरणको प्रक्रिया शुरु भएको छ ।

काग्रेसमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाका आ–आफनै गुट र समुह सक्रिय छन् । २२ असारमा बस्ने केन्द्रीय समिति बैठकबाट नेविसंघ लगायतका भातृ सस्थाको नेतृत्व टुंङगो र विद्यान अनुसारको पार्टी संरचना निर्माण गर्ने एजेण्डा रहेपछि नेताहरु आ –आफना समुहको भावी रणनीतिमा केन्द्रीत रहेर गुटबन्दीमा जुटेका हुन् ।

वडा तहसम्मकै पार्टी संरचना अधिवेशन गरेर जाने वा मनोनयन भन्नेमा काग्रेसभित्रै अझै विवाद छ । सस्थापन पक्ष मनोनयन गरेर जाने पक्षमा देखिएको छ ।

केन्द्रीय समितिको पूर्वसन्ध्यामा नेताहरुका गुप्त भेला र बैठकहरु हुन थालेको छ । त्रिशंखु गुटलाई दुईपक्षिय मात्र बनाउन अहिले नेताहरु लागेका छन् । सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन अहिले कोसिस गरिरहेका छन् ।

देउवाले वरिष्ठ नेता पौडेललाई फकाउन आफूनिकट नेताहरुलाई अगाडि सारेका छन् । पौडेललाई सकेसम्म  सहमतिमा ल्याएर भागबण्डाका आधारमा नेतृत्व चयनका लागि उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले प्रयास गरिरहेका छन् । पौडेलले भने अहिलेसम्म सहमतिका आधारमा नेतृत्व चयन गर्ने वा निर्वाचनमै जाने भन्नेबारे कुनै प्रतिक्रिया दिएका छैनन् । तर, स्रोत भन्छ, –पौडेल मनोनयनबाट नेतृत्व ल्याउने कुरामा लचिलो देखिएको छन् ।

यता पार्टीको तेस्रोधार मानिने सिटौला समूहले भने मनोनयनको विषयललाई अस्वीकार गरेको छ । देउवाले सिटौलासँग सहमतिको वातावरण बनाउन समिति संयोजक रमेश लेखकलाई जिम्मा दिएका थिए । तर, लेखकको समितिबाट नेतृत्व चयनको प्रस्ताव सिटौलाले अस्वीकार गरेको काग्रेस स्रोतले बतायो ।

सहमहामन्त्री डा. प्रकाशशरण महतले भन्छन्, ‘अधिवेशन नहुञ्जेल अन्तरिम अवधिका लागि वडा, क्षेत्र, गाउँ, नगर र प्रदेश संरचना बनाउन लागिएको हो । हामी महाधिवेशनमा जान लागेका होइनौँ, महाधिवेशनमा निर्वाचन हुन्छ । महाधिवेशनको प्रयोजनका लागि निर्माण गर्न लागेका कार्यसमितिबाटै मुलुकभर कार्यकर्तालाई विभाजित बनाउन नहुने भन्ने हो ।’

सहमति भएन भने निर्वाचनको बिकल्पमा जाने कुरामा पनि तयारी भइरहेको उनको भनाइ छ । तर संस्थापन पक्षले भने जस्तो सहज रुपमा सहमति हुने अवस्था भने देखिँदैन । भागबन्डामा जाँदा ६०–४० को हिस्सा हुन्छ । तर निर्वाचनमा जाँदा संस्थापन भन्दा बाहिरी पक्षले ६० प्रतिशत नतिजा आफ्नो पक्षमा आउने अनुमान लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस