रुपन्देहीमा गोली हानेर एक महिलाको ४ लाख लुटियो

सफल खबर संवाददाता

मंगलबार, १७ असार २०७६, १९ : ०२
रुपन्देहीमा गोली हानेर एक महिलाको ४ लाख लुटियो

रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिकामा गोली हानेर एक महिलाको ४ लाख लुटिएको छ । आज अपरान्ह गैडहवा ताल सरसफाइ समितिको रकम लिएर आएकी गैडहवा गाउँपालिका ४ कि रेशमकुमारी मल्लबाट रकम लुटिएको हो ।

मल्ल बैंकबाट सो रकम निकालेर अटोरिक्सामा आउँदै गरेको बेला गैडहवा ३ को मंगलपुर चोकमा लुटिएकी हुन । रिक्सामा एक जना चालक थिए, दुईजना पुरुष र ती महिला थिइन् ।

पछाडीबाट उक्त अटोरिक्साको टायरमा गोली हानी रकम लुटेर दुई जनाको अज्ञात समूह फरार भएको इलाका प्रहरी कार्यालय सूर्यपुरले जनाएको छ । प्रहरीका अनुसार उक्त घटना मानवीय क्षति भने भएको छैन ।  घटनाबारे थप अनुसन्धान र लुटेराहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस