प्रधानमन्त्री ओलीले पार्टी नेताहरुसँग आज छलफल गर्दै

प्रधानमन्त्री केपी ओलीले लाकेसेवा विज्ञापन र गुठी विधेयकका विषयमा पार्टी शीर्ष नेताहरुसँग अलग–अलग भेटेर औपचारिक धारणा बनाउन लागेका हुन्  ।

सफल खबर संवाददाता

सोमबार, ०२ असार २०७६, ०७ : ४१
प्रधानमन्त्री ओलीले पार्टी नेताहरुसँग आज छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज पार्टीका शीर्ष नेताहरुसँग पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्ने तयारी गरेका छन् । २५ वैशाखमा यूरोप भ्रमणमा निस्केका प्रधानमन्त्री ओली हिजो विहान स्वदेश फर्किएका थिए ।

उनी विदेशमा रहदा संसदीय समिति अन्र्तगतको राज्य ब्यवस्था समितिले लोकसेवाको विज्ञापन रोक्न गरेको निर्णय, त्यस निर्णयमा सत्तापक्षकै तत्कालिन एमाले र माओवादी खेमाका फरक धारणा, गुठी विधेयक र त्यसमा देखिएको विरोध र अन्य समसामयिक विषयमा परामर्श गर्न प्रधानमन्त्री ओलीले आज नेकपा शीर्ष नेताहरुसँग भेटवार्ता गर्न लागेका हुन् ।

उनले पार्टीका अर्का समकक्षी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, उनको अनुपस्थितीमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतका नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

तर ति छलफल सामुहिक नभइृ अलग अलग हुने गरी हुन लागेको बालुवाटार स्रोतले बतायो ।  ‘प्रधानमन्त्री देशभित्र नहुँदा विकसित राजनीतिक घटनाक्रम, गुठी विधेयकमा देखिएको विरोध, र असन्तुष्टि तथा लोकसेवाको विज्ञापनमा देखिएको असमझदारी लगायतका विषय नयाँ ढंगले अगाडी आएका छन्,’ बालुवाटार निकट स्रोतले भन्यो, –‘यि विषयमा प्रधानमन्त्रीले पार्टीका शीर्ष नेताहरुसँग अनौपचारिक परामर्श गदै हुनुहुन्छ, तर त्यो छलफल नेताहरुसँग अलग अलग हुनेछ । ’

प्रधानमन्त्रीले गुठी लगायतका विधेयकमा कमजोरी भए सच्चाउन सकिने बताईसकेका छन् । स्वदेश फर्किने क्रममा अन्तराष्टिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गदै प्रधानमन्त्रीले सरकार जनताको मन बुझाएर काम गर्न आएको भन्दै कसैलाई पनि चित्त दुखाएर काम नगर्ने बताईसकेका छन् । उनले यसो भनेर गुठी विधेयकमा आवश्यक परिमार्जन गरेर जान सकिने संकेत गरेका हुन् ।

त्यसो त यो छलफलमा रोकिएको नेकपाको संगठनात्मक एकीकरणका बाकी कामका विषयमा पनि अनौपचारिक छलफल हुन सक्ने पनि बताईएको छ । प्रधानमन्त्री ओली यूरोप भ्रमणमा निस्कनु अगाडी नै केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुङगो लगाउन प्रयास गरेपनि सफल नभएपछि स्थगित गरिएको थियो ।

आफु विदेश भ्रमणबाट फर्केपछि पून आन्तरिक गृहकार्य गरी सचिवालय बैठक बोलाएर संगठनात्मक कामको टुंगो लगाउने प्रधानमन्त्रीले बताएपछि २३ जेठमा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

स्थगित सचिवालय बैठक लगत्तै आजको नेताहरुसँगको परामर्शका आधारमा बोलाउने वा संसदमा बजेट माथी भइृरहेको छलफल र अब बजेट पारित गरेपछि बोलाउने भन्नेमा पनि दुई अध्यक्षको भेटमा भने छलफल हुन सक्ने स्रोतले बताएको छ ।

सरकारले यही ४ असारभित्र बजेट पारित गरिसक्ने योजना बनाएको छ । बजेट पारित गर्नु अगाडी सांसदहरुले उठाएको जिज्ञासाका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने हुन्छ । बजेट पारित गरेर सचिवालय वबठक बोलाउने या त्यस अगाडी नै बोलाउने भन्नेमा आजको अनौपचारिक भेटमा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीका बिचमा छलफल हुने सम्भावना रहेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस