नेकपाले धुम्बराहीमा आज प्रताप स्मृति दिवस मनाउँदै

तत्कालिन माओवादीका केन्द्रीय सदस्य समेत रहेका रितबहादुर खड्का (प्रताप)ले श्रीलंकामा गुरिल्ला युद्ध समेत सिकेका थिए

सफल खबर संवाददाता

सोमबार, ०२ असार २०७६, ०७ : ०२
नेकपाले धुम्बराहीमा आज प्रताप स्मृति दिवस मनाउँदै

काठमाडौं । सत्तारुढ दल नेकपाले आज तत्कालिन माओवादीका केन्द्रीय सदस्य समेत रहेका शहीद रितवहादुर खडकाको स्मृति दिवसमा देशभर विविध कार्यक्रम गरी मनाउँदै छ । केन्द्रीय तहमा पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा पार्टीका केन्द्रीय अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा विशेष कार्यक्रमको आयोजना गरी मनाउने तयारी गरेको छ । यसका लागि आजै बिहान ८ वजे धुम्बराहीमा कार्यक्रम हुदैछ ।

कार्यक्रममा अध्यक्ष प्रचण्डका अतिरिक्त नेकपाका अन्य वरिष्ठ नेताहरुको समेत सहभागिता हुदैछ ।  २०२८ साल भदौ १० गते दोलखाको जुँगूमा जन्मिएका रितबहादुर खड्का (प्रताप) को २०५९ साल असार २ गते ३१ बर्षको उमेरमा हत्या
भएको थियो । तत्कालिन बिद्रोही नेकपा माओवादीका केन्द्रिय सदस्य रहेका खड्काको पार्टी केन्द्रिय समितिको बैठक सकेर फर्किने क्रममा रौतहटको पिपरामा तत्कालिन सँयुक्त सुरक्षा फोर्सले गोली प्रहार गरी हत्या गरेको
थियो ।

त्यसपछि तत्कालिन अवस्थामा माओवादीले र अहिले तत्कालिन एमालेसँग पार्टी एकतापछि बनेको नेकपाले खडकाको स्मृतिमा कार्यक्रम आयोजना गर्न लागेको हो । खडकाको क्रान्तिकारी आन्दोलनमा भएको त्याग, बलिदान र समर्पणको सम्झना स्वरुप नेकपाले आज विशेष कार्यक्रम गरी मनाउन लागेको हो ।

नेकपा माओवादी केन्द्रिय समितिमा प्रभावशाली युवा नेता मानिने खड्काले श्र्रीलँका पुगेर ‘गुरिल्ला युद्ध’ सम्बन्धि बिशेष तालिम लिएका थिए । उनीसँगै हालका उपराष्ट्रपति एवँ तत्कालिन माओवादी जनसेनाका कमाण्डर नन्दबहादुर पुन ‘पासाङ’ ले समेत ‘गुरिल्ला युद्ध’ को तालिम लिएको बताईन्छ ।

राज्य पक्षवाट हत्या नगरिएको भए स्वर्गिय रितवहादुर खडका (प्रताप) नेकपाका अहिले प्रभावशाली नेतामा पर्थे । खड्काकै नेतृत्वमा जनयुद्ध सुरु हुनु भन्दा केहि दिन अघि दोलखा सदरमुकाम चरिकोट स्थित डिभिजन सडक कार्यालयबाट ठूलो परिमाणमा डिटोनेटर कब्जा भएको थियो । सोही डिटोनेटरको सहयोगमा बिद्रोही माओवादीले बिभिन्न सैन्य मोर्चाहरु लडेको थियो ।

पार्टीमा प्रताप उपनामले चिनिने खड्का साहित्य समेत लेख्ने गर्थे । चम्किलो ताराको नामबाट उनका थुप्रै साहित्यिक लेख रचनाहरु प्रकाशित छन् । रितबहादुरको हत्या पछि उनकी बहिनी देवि खड्का ‘अस्मिता’ र भाई बिशाल खड्का पनि भूमिगत भई राजनीतिमा लागेका थिए । देवी अहिले नेकपा केन्द्रीय सदस्य छिन भने विशाल प्रदेश सभा ३ का सांसद समेत छन् ।

प्रतिक्रिया दिनुहोस