–रामकुमारी झाँक्री
स्वाभवैले ब्यक्तिका आवश्यकता र चाहाना असिमित हुन्छन । ति असिमित चाहना र आवश्यकता सिमित श्रोतबाट ब्यवस्थापन गर्दै जानुपर्छ ।यो अर्थशास्त्रको नियम हो।
हो, सांसदका अनेक समस्या छन । तर हामी हाम्रा निजी चाहना वा आवश्यकता पुरा गर्न वा समस्या समाधानको लागि सांसद भएको होईन। हाम्रा आफ्ना अनेक समस्या र पिडा होलान तर देखाउनु हुन्न। त्यसैले हाम्रा आफ्ना हर निजी मामला कार्पेट मूनीको धुलो जस्ता हुन।
सांसदलाई आज मात्र साना साना प्रलोभनमा पारी बदनाम गर्न खोजिएको होईन । हिजो देखि बिभिन्न सानारठूला प्रलोभनमा सांसदलाई पारिएको हो परेका हुन । रातो पार्सपोट दूरूपयोग, सांसद खरीद बिक्री, सरकार ढाल्ने बनाउने अनेकानेक दुश्क्रम गर्दै गयौं हामीले । सांसदका नाममा फलानो प्रवृति भनेर चित्रित हुन थाल्यो । भन्सार छुटमा गाडी किन्न दिने सुबिधा दियौं । दुईचार पैसाको लोभमा सोझा सादा सांसद फस्दै गए । अनन्त सांसदहरू घृणाका पात्रा हुदै गए । त्यो एउटा सांसद, ब्यक्ति बदनाम भएको रूपमा लियौ हामीले । तर त्यो ब्यक्ति थिएन । त्यो प्रजातान्त्रिक ब्यवस्थाको प्रतिक थियो । जनताको प्रतिनिधि थियो । साँचो अर्थमा जनताको सार्वभौमिकताको अभ्याश गर्ने, त्यो संसदीय ब्यवस्थाको सार र रूप दुबै थियो । हामीले ठान्यो “खोबारी” बदनाम भयो। होईन रहेछ । त्यो त संसदीय ब्यवस्थाको बदनामी भईरहेको थियो । अन्तत हामीलाई २०४६ सालका सबै उपलब्धि गुमाउने ठाउँमा पुरायो ।
त्यही देखि कै निरन्तरतास् सांसदलाई आफ्ना कार्यकर्ताको माग अनुसार काम गर्न १० लाख रूपैयाबाट दिन सुरू गर्यौ । यो ऐले छ करोड पुग्यो। १६५ क्षेत्रमा छ करोडको दरले नौ अर्व ९० करोड हुन्छ यो पैसा। एउटा सामन्य उदाहरण दिउँ निजी क्षेत्रले १६ देखि २२ करोड प्रति मेगावाट लागतमा बिधुत उत्पादन गर्छ। एक वर्षमा प्रत्येक्ष निर्वाचित सांसदको निर्वाचन क्षेत्रमा जाने पैसाले ५० देखि ६० मेगावाट बिधुत निकाल्न सकिन्छ।
सायद सामाजिक न्यायको आधारमा हाम्रो वितरण ब्यवस्था हुने हो भने हामी अर्कै बाटो समात्थ्यौ होला । हाम्रो गति नै अर्कै हुन्थ्यो । तर पहुँच र प्रभावको आधारमा योजना र कार्यक्रम वितरण हुन्छन । विचरा हाम्रा केही सांसदहरू त्यही चार करोडबाट चार अर्बको मूल्य हुने जनताका काम गरेका छन ।
तर यसको ठूलो हिस्सा के भएको छ म भन्न सक्तिन। के सबै दूरूपयोग हुन्छरु यो हुदै होईन । सबै सदुपयोग हुन्छ तरु यो त झन होईन । हो के तरु केही सांसदले सदुपयोग गर्लान। केहीले दूरूपयोग । सत्य यही हो। यसलाई सुर्धान सांसदको हुर्मत लिएर हुदैन । हाम्रो बिधि वा प्रणालीमा सुधार गर्नुपर्छ । योजना बाड्ने बिधि, काम गर्ने बिधि, प्रभाव वा पहुचको पछाडी कथित बिकास दगुर्ने प्रवृति सुधार्नुपर्छ ।
रह्यो सांसदलाई प्रबिधि मैत्री बनाउन रकमान्तर गरेर ल्यापटप दिने कुरा । यो विषय कसरी आयोरु यसका पछाडी के कारण छरु
संसद सचिवालयका खरीदारको कार्य कक्ष हुन्छ तर सांसदको दलको कार्यलयमा राखेको एउटा “पिजनहोल” बाहेक कतै उभिने ठाउँ छैन।
संसदको बैठक बस्ने आफ्नै सभा हल छैन। एक दशक बढी भयो भाडामा छौं । अर्थ समिती जस्तो महत्वपूर्ण समितीको त बैठक बस्ने बैठक कक्षसम्म छैन ।अरू समितीको बैठक नभएको समय पारेर बस्नुपर्छ । प्रधानमन्त्रीले पदभार ग्रहण गर्दा संसदको सभा हल बनाउने प्रस्तावमा हस्ताक्षर गर्नु भएको थियो सायद । बर्तमान प्रम भए पछि पनि दुईटा बजेट आए तर यो विषय प्राथमिकतामा परेन ।
त्यसो त ल्यापटप बाड्ने कार्यक्रम किन प्राथमिकतामा पर्यो ऐलेरु सांसदलाई लोभमा पार्न पो खोजियो किरु प्रविधि मैत्री हुने र नहुने कुरा सूचना संचारको जेनेरेशन भने जस्तै हो । हामी सबैका हातमा स्मार्ट फोन देख्छु म त । यहाँ ल्यापटप नभएर सांसदको ईफिसेन्सी नभएको होईन । मूख्य समस्या यो होईन । ईफिसेन्ट हुन नसक्नुको पछाडी मैले कति कुरा माथि भने अरू नै धेरै कारण छन । यो ल्यापटप बाड्ने कामले त्रिपाल बाड़े काण्डमा जस्तै फेरी सांसदलाई लोभि र अपराधि करार गरीनेछ । अति आवश्यक हुने र ल्यापटप किन्न नसक्ने माननीयज्यूलाई माग गरेको खण्डमा १र२ थान दिने ब्यवस्था गर्नु अलग कुरा हो । हाल बजार ३० हजारमा हामीलाई राम्रोसंग चलाउन आवश्यक फिचर भएको ल्यापटप पाईन्छ । यो आज भन्दा २५ वर्ष अगाडिको समय होईन । कम्प्यूटरले काम गरेको देख्दा मिराकल्स अनुभव हुने ।
त्यसैले सांसद थोकमा बदनाम हुने काम कुरा बन्द गरिनुपर्छ । जसरी १६५ जना सांसदले सांसद विकासको चार करोडको योजना बाँडफाँड गरेकाछन । हामी समानुपतिकबाट आएका र त्यो पैसासंग साईनो नभएकाहरूलाई पनि बदनाम गरिन्छ । म फेरी भन्छु। यो ब्यक्ति बदनाम हुने कुरा होईन यो त संसदीय ब्यवस्था र प्रणाली बदनाम हुनेकुरा हो । माननीयज्यूहरू को हुर्मत लिनु हुन्न । यस्ता काम बन्द गरिनुपर्छ ।
८नोटस् मेरो भन्नु थियो तर एक मिनेटको सुन्य समयमा सम्भव भएन।
प्रतिक्रिया दिनुहोस