अन्तर विद्यालय कविता वाचन प्रतियोगितामा मनशिक्षाकी अनिता प्रथम

शनिबार, २५ जेठ २०७६, १९ : १७
अन्तर विद्यालय कविता वाचन प्रतियोगितामा मनशिक्षाकी अनिता प्रथम

चितवन । ज्योती पुस्तकालय भरतपुर १२ ले आयोजना गरेको अन्तर विद्यालय कविता वाचन प्रतियोगितामा मनशिक्षा मन्दिरका छात्रा अनिता श्रेष्ठ प्रथम भएकी छिन् । विद्यालय तहका विद्यार्थीको साहित्यीक प्रतिभा प्रष्फुटन गराउने उद्देश्यका साथ आयोजित प्रतियोगितामा नारायणी पव्लिककी निशा पौडेल द्धितिय र मनशिक्षा की आशिका बजगाइ तृतिय हुन सफल भएकी छिन् । 
उनीहरुले क्रमश नगद ३ हजार, २ हजार र १ हजारसहित डायरी, पेन र प्रमाणपत्र पुरस्कार स्वरुप प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट कविता लेख्न सफल नारायणी ईङलीस पव्लिक्की सुमिना रेग्मी लगायत प्रतियोगितामा सहभागिहरुलाई प्रमाणपत्र, डायरी पेन दिइएको थियो । 
‘शान्ती र विकास’ शिर्षकमा भएको कविता प्रतियोगितामा भरतपुर महानगरपालिका वडा न ११ र १२ का विभिन्न ६ वटा सरकारी तथा निजी विद्यालयका १३ जना छात्राहरुको सहभागिता रहेको ज्योती पुस्तकालयका सचिव नविन बाबु मरहट्टाले जानकारी दिए । 
पुस्तकालयको आप्mनै भवन धनगढा मन्दिर परिसर भरतपुर १२ मा आयोजित शो प्रतियोगितामा चितवन जिल्ला बार एसोसिएसनका उपाध्यक्ष हरि मैनालीको प्रमुख आतिथ्यता तथा नौरंगे टोल विकास संस्थाका अध्यक्ष कृष्ण पौडेल, धनेस्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर भण्डारी, समाजसेवी अर्जुन रिजाल समितिका सल्लाहकार कष्णप्रसाद पण्डित लगायतको आतिथ्यता रहेको थियो । 
प्रतियोगितामा कपिल अज्ञात, विपिन पाठक र दिपेन्द्र पौडेलले निर्णायकको भुमिकामा रहेका थिए । सुजता देवकोटाले सञ्चालन गरेको कार्यक्रम पुस्तकालयका उपाध्यक्ष रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस