इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा सत्र जना वेपत्ता

एजेन्सी

बुधबार, २२ जेठ २०७६, १९ : ०५
इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा सत्र जना वेपत्ता

फाइल फोटो

जाकार्ता । इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटना हुदाँ कम्तीमा १७ जना चालक दलका सदस्य वेपत्ता भएका इन्डोनेसियाको सरकारी स्रोतले बुधबार जानकारी दिएको छ ।
शनिबार भएको यस घटना चालक दलका एक सदस्यलाई भारतीय जहाजले उद्धार गरेपछि मात्र खुलाशा भएको थियो ।  सो दुर्घटनामा परेका याकोब नामक एक चालक दलका सदस्यलाई मङ्गबार उद्धार गरिएको थियो ।

 यस कार्गो जहाजमा १८ व्यक्ति सवार रहेका र ती सवै चालक दलका सदस्यहरु भएको जनाइएको छ । सो डुङ्गा बन्दरगाह शहर वितुङ्बाट उत्तरी सुलावेसी प्रान्तकोनजिकै मरोवाली शहरतर्फ गईरहेको थियो ।
चालक दलका सदस्यहरु यसप्रकार हराइरहेका सुचना मङ्गलबार प्राप्त भएपछि उद्धार कार्य जारी रहेको बताइएको छ ।(रासस/सिन्हवा) 

प्रतिक्रिया दिनुहोस