पञ्चाङग निर्णायक समितिले २०७५ सालको पात्रो तयार गरेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
समाचारमा लेखिएको छ, समितिको अध्यक्ष, सदस्य सचिव ७ सहित ९ जनाको समितिले सो पात्रो तयार पारेको हो ।
समितिको चार दिनअघि बसेको बैठकले तयार गरेको पात्रोअनुसार २०७५ सालको दशैं असोज २४ गतेदेखि शुरु हुनेछ ।
विजयादशमी भने कात्तिक २ गते परेको छ । कात्तिक १९ गतेदेखि शुरु हुने तिहारअन्तर्गत २१ गते लक्ष्पिूजा र २३ गते भाइटीका रहेको छ ।
गृहमन्त्रालयले बिदाको सूचना जारी नगरे पनि निर्णयक समितिले केही दिनभित्र पात्रो सार्वजनिक गर्ने तयारी गरेको छ ।
विवाह साइत
वैशाखमा ५, ६ र २८ गते असारमा ६, ७, ९, ११, १५ र १६ गते, मंसिरमा २९ गते, माघमा ३, ४, ८, ९, ११, १३, १४, १५, २६ र २७ गते र फागुनमा १, २, ७, ८, ९, १०, १३, १४, ,२३, २४, २५, २८ र २९ गते विवाह साइत रहेको छ ।
ब्रतबन्ध साइत
असार ८, ३१ गते, माघ २७ गते र फागुन ९ गते गरी बर्षमा चार दिनमात्र साइत छ ।
पञ्चाङग निर्णायक समितिका अध्यक्ष पण्डित रामचन्द्र पौडेलले २०७५ साल यो बर्षभन्दा राम्रो रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १० माघ २०७४, ०८ : ४२
लेखकबाट थप