विश्व धुमपानरहित दिवसमा प्रभातफेरी

शुक्रबार, १७ जेठ २०७६, ११ : १२
विश्व धुमपानरहित दिवसमा प्रभातफेरी

काठमाडौं । नेपाल अर्वुद रोग निवारण संस्था, भरतपुर महानगरपालिका कार्यालय र वी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालको संयुक्त आयोजनामा विश्व धुमपानरहित दिवसको अवसरमा भरतपुरमा प्रभातफेरी कार्यक्रम निकालिएको छ । 
पोखरा बसपार्कबाट शुरु गरिएको ¥याली लायन्सचोकमा आएर समापन गरिएको थियो । नेपाल अर्वुद रोग निवारण संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको सभापतित्वमा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष त्रिलोचन कँडेल विशिष्ट अतिथि रहनुभएको थियो । 

प्रभातफेरी कार्यक्रममा संघको तर्फबाट उपाध्यक्ष त्रिलोचन कँडेल, कार्यसमिति सदस्य ईश्वरीप्रसाद रिजाल, कार्यकारी निर्देशक हरिहर भट्टराई, आईटी अफिसर राजु भट्टलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस