चितवन प्रहरी प्रमुख मल्लको स्वागत

सफल खबर संवाददाता

बुधबार, १५ जेठ २०७६, १६ : ५२
चितवन प्रहरी प्रमुख मल्लको स्वागत

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रमुख भएर आउनुभएका दानबहादुर मल्ललाई आज जिल्ला प्रहरी कार्यालयमा स्वागत गरिएको छ । प्रहरी उपरीक्षक सुशीलसिंह राठौरको ठाउँमा प्रहरी उपरीक्षक मल्ल आउनुभएको हो । उहाँलाई जिल्ला प्रहरी कार्यालयका प्रहरीहरुले स्वागत गर्नुभएको हो । 
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएर पटकपटक चितवन आएका उपरीक्षक मल्लले त्यसअघि प्रहरी निरीक्षकका रुपमा चितवनलाई कर्मथलो बनाइसकेका छन् ।
६ वर्षभन्दा बढी विशिष्ठ व्यक्तिको सुरक्षागार्ड भएर काम गरेका प्रहरी हुन् दानबहादुर मल्ल । २०५५ सालदेखि नेपाल प्रहरीमा कार्यरत मल्लले विशिष्ठ अधिकारीको सुरक्षामा खटिएका बेला गुप्तचर निकायले गर्ने काम पनि गरे । 

एसपी राठौरको बिदाइ 
जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुख सुशीलसिंह राठौरलाई भरतपुर महानगरपालिकाले विदाइ गरेको छ । आफ्नो कार्यकाल पूरा गरी काठमाडौं अपराध महाशाखामा जान लाग्नुभएका राठौरलाई आज भरतपुर महानगरपालिकाले बिदाइ गरेको छ । 

महानगरपालिका प्रमुख रेनु दाहालले प्रशंसापत्र प्रदान गरी राठौरको विदाइ गर्नुभएको हो । महानगर प्रमुख दाहालले प्रहरी प्रमुखकको हैसियतमा राठौरले महानगरभित्र शान्ति, सुरक्षा, अमनचयन, बजार व्यवस्थापन, विकास निर्माणमा महत्वपूर्ण योगदान पु¥याउनुभएको बताउनुभयो । महानगर प्रमुख दाहालले जिल्लामा शान्ति सुरक्षा मजबुद बनाउन सक्नुभएकोमा विशेष धन्यवाद दिनुभयो । प्रमुख राठौरलाई महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले विदाइ गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस